×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

उत्तरी गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनाको मृत्यु

उत्तरी गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनाको मृत्यु

काठमाडौं । उत्तरी गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु भएको हमासका अधिकारीहरुले बताएका छन् ।

हमासका अधिकारीहरुका अनुसार उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले शनिबार मध्यराति बम आक्रमण गरेको थियो । सो आक्रमणबाट महिला र बालबालिकासहित ७३ जनाको मृत्यु भएको हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अधिकारीहरुका अनुसार आक्रमणबाट कयौं घाइते भएका छन् भने केही व्यक्तिहरु भत्किएका संरचनामा च्यापिएका छन् ।

बीबीसीका अनुसार इजरायलले यस आक्रमणबारे सार्वजनिक समाचारबारे जाँच गरिरहेको जनाएको छ । इजरायली सेनाका अनुसार हमासले बढाइचढाइ गरेर मिडिया रिपोर्ट सार्वजनिक गर्ने गरेको छ, जुन आफूहरुको रिपोर्टसँग मिल्दैन ।

यसैबीच स्वास्थ्य अधिकारीहरुले उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले आक्रमण गरेपछि इन्टरनेट र सञ्चार सेवा पनि पूर्णरुपमा अवरुद्ध भएको छ । यसबाट खोज तथा उद्धारको काम प्रभावित भएको छ ।

हमासको आधिकारिक मिडियाका अनुसार इजरायलले घना वस्ती भएको स्थानलाई लक्षित गरी बम आक्रमण गरेको थियो । प्यालेस्टिनी समाचार एजेन्सी वफाका अनुसार इजरायलको आक्रमणबाट एउटा पूरै आवासीय क्षेत्र नष्ट भएको छ ।

प्रतिकृया दिनुहोस्