×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

धनकुटामा  बस दुर्घटना हुँदा दुई जनाको मृत्युु

विराटनगर । धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको बस बुधबार दिउँसो दिगालेमा दुर्घटना भएको थियो ।

प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटना हुँदा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बसमा ३० जना सवार थिए । दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्