काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा १६ सय रुपैयाँमा बढेर प्रतितोला दुई लाख १५ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ६० रुपैयाँ बढेर प्रतितोला दुई हजार ५ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।