×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. पौडेलले दिए राजीनामा

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. पौडेलले दिए राजीनामा

काठमाडौं । चितवनको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. ढुण्डीराज पौडेलले पदबाट राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १२ चितवन घर भएका पौडेलले स्वास्थ्य मन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन् ।

वर्तमान सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरुलाई राजीनामा दिन गरेको आग्रहलाई शिरोधार्य गर्दै राजीनामा दिएको पौडेलले उल्लेख गरेका छन् ।

‘२०८२ साल चैत १२ गतेसम्म सरकारबाट नियुक्त पदाधिकारीहरुलाई स्वेच्छाले राजीनामा दिन गरेको आग्रहलाई शिरोधार्य गर्दै र सामाजिक सन्जालहरुमा पनि यस्तै मागहरु भएकाले मिति २०८३ वैशाख २० गतेबाट लागू हुने गरी भरतपुर अस्पताल विकास समितिको अवैतनिक अध्यक्ष पदबाट यो राजीनामा पेश गरेको छु,’ पौडेलले लेखेका छन् ।

उनले अध्यक्षको रुपमा अस्पतालबाट कुनै पनि प्रकारको आर्थिक लाभ नलिने बचनबद्धताअनुसार लेखाको प्रक्रिया पुर्‍याउनका लागि बैठकमा भत्ता वापत लिएको रकम पनि अस्पतालकै खातामा जम्मा गरी भौचर पेश गर्ने बताएका छन् ।

प्रा=डा= पौडेल नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । उनले २०५९ सालदेखि २०६८ सालसम्म नाक, कान, घाँटी विशेषज्ञको रुपमा सेवा गरेका थिए ।

प्रतिकृया दिनुहोस्