×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राजावादीको चहलपहल बढ्नुमा देशभित्र र बाहिरको चलखेल मिसिएको छ : प्रचण्ड

राजावादीको चहलपहल बढ्नुमा देशभित्र र बाहिरको चलखेल मिसिएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।

वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएको उनले बताए । ‘सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,’ प्रचण्डले भने ।

यस्ता चलखेल आजमात्रै नभएको भन्दै अहिले किन बढ्यो भन्ने प्रश्न मुख्य भएको उनको भनाइ थियो ।

‘तर, यस खालका चलखेल आजमात्रै भएका होइनन् । नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । अहिले अचानक वृद्धि किन भयो प्रश्न यहाँ छ,’ प्रचण्डले भने, ‘पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन ।’

प्रतिकृया दिनुहोस्