×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अटाेमाेवाइल्स

टीभीएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर सार्वजनिक

टीभीएस नेपालद्वारा ‘नयाँ युगको आरम्भ’ अफर सार्वजनिक

काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘नयाँ युगको आरम्भ’ नामको विशेष योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु। १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको हो । 

हरेक सप्ताह  १०० प्रतिशत क्यास ब्याक जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ । यो योजना देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ ।

यस कम्पनीले जीवनभरको लागि वारेन्टीका साथ पुरानो बाइक वा स्कुटरको सट्टामा अन द स्पट एक्सचेन्ज सुविधा, ग्यारेन्टर बिनाको इजी फाइनान्स उपलब्ध गराउने बताएको छ । साथै, टीभीएसका ग्राहकहरूलाई एओजी र एनओजी समुदायमार्फत सदस्यताको नयाँ अनुभव प्रदान गरिनेछ । 

टीभीएसले ‘मेरो साथी’ एपमार्फत बुकिङ सेवाहरू, स्पेयर पार्ट्स अर्डर गर्नेदेखि लिएर टीभीएससँग जोडिन र विशेष अफरहरूबारे सूचना प्रदान गर्दछ ।
 

प्रतिकृया दिनुहोस्