×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

आज पनि बढ्यो सुनको मूल्य

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौँ । मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएर २ लाख ६ हजार नजिक पुगेको हो । 

जसअनुसार मंगलबार छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको हो । यस्तै १० ग्राम सुनको मूल्य १ लाख ७६ हजार ५२५ रुपैयाँ कायम भएको छ । 

यसअघि सोमबार छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

यसैबीच मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस्