×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सात सहसचिवको सरुवा तथा पदस्थापन

सात सहसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं । सात सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । योसँगै लामो समयदेखि प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन रहेका खोटाङ र ओखलढुंगाले सीडीओ पाएका छन् ।

ओखलढुंगाको सीडीओमा विजयराज सुवेदीलाई पठाइएको छ । गत १५ माघमा तत्कालीन सीडीओ डा. नारायण ढकाल अवकाशमा गएपछि ओखलढुंगा सीडीओविहीन थियो ।

त्यसैगरी खोटाङको सीडीओमा नरहरि घिमिरेलाई पठाइएको छ । बाँकेको सीडीओमा धर्मराज जोशीलाई पठाइएको छ । रौतहटमा विनोदकुमार खड्का, संखुवासभाको सीडीओमा दिव्यराज पोखरेललाई पठाइएको छ ।

नुवाकोटमा शशिधर घिमिरेलाई पठाइएको छ । नुवाकोटमा रहेका रामकृष्ण अधिकारीलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिकृया दिनुहोस्