×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बाग्मती

बागमतीमा कांग्रेसबाट पाँच जना मन्त्री नियुक्त हुँदै

बागमतीमा कांग्रेसबाट पाँच जना मन्त्री नियुक्त हुँदै

मकवानपुर । बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तारको तयारी थालिएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्री नियक्त गर्ने तयारी थालेको उनी निकट स्रोतले जनाएको छ ।

बागमती सरकारमा अहिले मुख्यमन्त्री बानियाँसहित कांग्रेसबाट जम्मा तीन जना सामेल छन् । बानियाँले मुख्यमन्त्री नियुक्त भएसँगै एमालेका ६ र कांग्रेसका दुई जना सामेल गरी मन्त्रिपरिषद गठन गरेका थिए ।

कांग्रेस र एमालेबिच भएको भागबन्डा अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ८ र एमालेले ६ मन्त्री पाउँछ । सो अनुसार एमालेको कोटा पूरा भइसकेको छ भने काँग्रेसले पाँच मन्त्री नियुक्त गर्न बाँकी छ ।

मुख्यमन्त्री बानियाँले कञ्चनकृष्ण वादे, सुरेश श्रेष्ठ, विनु रायमाझी, उर्मिला नेपाल र प्रभात तामाङलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनीहरूलाई शुक्रबार नै हेटौंडामा बोलाइएको स्रोतले जनाएको छ ।

प्रदेश प्रमुख कार्यालय स्रोतले भने मन्त्रिपरिषद विस्तारबारे नाम आइनसकेको तर आजै नियक्ति र शपथ हुने सम्भावना भने रहेको जनाएको छ ।  

प्रतिकृया दिनुहोस्