काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला दुई हजार तिन सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।