×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा

सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा

काठमाडौँ । देशैभर सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।  बिहीबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ  र नेपाल हस्तकला महासङ्घ र देशभरका सङ्घहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् । 

सरकारले आगामी बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता र हिरामा १३ प्रतिशत भ्याट लगाएको विरोधमा आन्दोलनमा उत्रिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले बताए । 

‘सरकारले आगामी बजेटमार्फत सुनमा विलासिता कर लगाएको र सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा १३ प्रतिशत भ्याट लगाएको छ ,’ उनले भने,‘यसले सुनचाँदी व्यवसाय नै सङ्कटमा पर्ने देखिएको छ । यो खारेजको माग गर्दै देशभर सुनचाँदी पसल बन्द गराएर विरोधमा उत्रिएका हौँ ।’

सरकारले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ । साथै सुनचाँदी कारोबारका लागि प्रस्ट नीति नियमावली निर्माणकोसमेत माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्