काठमाडौँ । शुक्रबार संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाको पद तथा गोपनीयताको शपथ ग्रहण आज हुने भएको छ । सोमबार बिहान ११ बजे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाको शपथ ग्रहण कार्यक्रम हुने सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
सङ्घीय संसद्का दुवै सदनका सदस्यको प्रतिनिधित्व रहने समितिका सभापति खतिवडालाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितिमा सभामुख घिमिरेले शपथ दिलाउने छन् ।
यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रहेका खतिवडा सङ्घीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रकरणको छानबिन गर्न बनेको संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राजीनामा दिएका थिए ।
त्यसपछि खतिवडालाई उनको पार्टी नेपाली कांग्रेसले त्यहाँबाट सरुवा गरेर संसदीय समिति ल्याइ सभापति बनाएको हो ।