×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुनसक्ने

मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नरबारे निर्णय हुनसक्ने

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भनिए पनि स्थानबारे केही नभनिएको एक मन्त्रीले जानकारी दिए । 

आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना प्रबल रहेको बताइएको छ । 

मन्त्रिपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक बस्ने छ । समितिले गभर्नरमा तीन जनाको नाम सिफारिस गर्नेछ । 

कांग्रेस र  एमालेबिच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भइसकेकाले समितिको बैठक बसेर उनीसहित अन्य दुई जनाको नाम सिफारिस गर्ने तयारी भइरहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्