×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

सेयर बजार संगै कारोबार पनि घट्यो

सेयर बजार संगै कारोबार पनि घट्यो

काठमाडौं । मंगलबार सेयर बजार २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.६६ अंक घटेर २६९७ अंकमा कायम भएको हो ।

बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ४० करोडको कारोबार भएकोमा आज ४ अर्ब ३४ करोडमा खुम्चियो । ८६ कम्पनीको मूल्य बढ्दा १५२ को घट्यो भने ५ को स्थिर रह्यो । अन्यबाहेक सबै सेक्टरका सूचक घटे । सो सेक्टर ०.११ प्रतिशत बढ्यो ।

घटेका सेक्टरहरुको गिरावट दर १ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ०.१४, विकास बैंक ०.४२, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.३६, हाइड्रोपावर ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन ०.२३, माइक्रोफाइनान्स ०.३१, व्यापार ०.६६ तथा निर्जीवन बीमा ०.५४ प्रतिशत घट्यो ।

मिथिला लघुवित्त तथा हिमालयन पावर पार्टनरको मूल्य ९.९ प्रतिशत बढ्यो । अपरसोलु हाइड्रो इलेक्ट्रिकको ७.७, भूगोल इनर्जीको ७.२, पाँचथर पावरको ४.१ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै सामुदायिक लघुवित्तको मूल्य ८.२, राप्ती हाइड्रोको ७.७ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, नेपाल पुनर्बीमा, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नारायणी डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्