×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

महिनावारी विभेदको अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभामा पेस

महिनावारी विभेदको अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव राष्ट्रिय सभामा पेस

काठमाडौँ । राष्ट्रिय सभामा मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव पेस भएको छ । सभाको शुक्रवारको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद मदनकुमारी साहले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गरेकी हुन् । 

सांसदहरू सुमित्रा विसी, गङ्गा बेल्वासे, विष्णुकुमारी सापकोटा, पूजा चौधरी, र डा. अञ्जान शाक्य उक्त प्रस्तावको समर्थक रहेका छन् । मर्यादित महिनावारीसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गर्दै सांसद साहले मुलुकको ९५ प्रतिशत परिवारमा अझै पनि महिनावारीको बेला महिलाहरू विभेदमा पर्ने गरेको बताइन् । उनले महिनावारी प्राकृतिक प्रक्रिया भएको उल्लेख गर्दै यस्ता प्रकारका विभेदहरू निर्मूल पार्न जरुरी रहेको बताइन् ।  

सङ्कल्प प्रस्तावका समर्थक सांसदहरूले समेत महिनावारीको विभेदका कारण बालिकाहरूमा गम्भीर असर पर्ने र यो मानव अधिकारको उल्लङ्घन भएको बताए । यस्ता विभेदहरू जरैदेखि अन्त्य गर्नुपर्नेमा उनीहरूको जोड छ । 

प्रतिकृया दिनुहोस्