काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँद्यीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १८ सय रुपैयाँ घटेर प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा १०५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ८ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।