×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मध्यपहाडी लोकमार्ग अभियान प्रभावकारी बनाउने माओवादी निर्णय

मध्यपहाडी लोकमार्ग अभियान प्रभावकारी बनाउने माओवादी निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले २१ गतेबाट सुरु गर्ने मध्य पहाडी लोकमार्ग अभियान  उपलब्धिमूलक बनाउने निर्णय गरेको छ । बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्नि सापकोटाले कार्यक्रमको मोडालिटीमा छलफल गर्दै त्यसलाई उपलब्धिमूलक बनाउने निर्णय भएको जानकारी दिए । 

‘स्थायी कमिटीले निर्णय गरेका विषयमा छलफलमात्र भयो’, उनले भने–  ‘गुट उपगुट जस्ता विषय नरोकिए अनुशासनको दायरामा ल्याउने विषयमा छलफल मात्र भयो । पछि निर्णय गर्ने कुरा भएको छ’, सापकोटाले एकतामा आएका नेताहरूको कार्यविभाजन, अभियान, महिला सम्मेलन छलफल भएको बताए । 

उनले भने– ‘अभियानका सन्दर्भमा ठुला सभाभन्दा पनि भित्रै अन्तरक्रिया, अन्तरसंवाद गर्ने कुरा ठिक हुन्छ भन्ने भयो ।’

प्रतिकृया दिनुहोस्