×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बालाजुमा महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाइन्

बालाजुमा महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाइन्

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् । बालाजुस्थित जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार आइतबार राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी हुन् । श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको पाइएको प्रहरीको भनाइ छ ।

उनको नयाँबजारस्थित पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।  उनको पेट, छाती र वाँया हात गरी करिब २५ प्रतिशत भाग जलेको चिकित्सकको भनाइ छ ।

प्रतिकृया दिनुहोस्