×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

खेलकुद

IBA विश्व बक्सिङमा कांस्य जित्ने चन्द्र बहादुर थापालाई २५औँ IOFTC अवसरमा नगद सम्मान

IBA विश्व बक्सिङमा कांस्य जित्ने चन्द्र बहादुर थापालाई २५औँ IOFTC अवसरमा नगद सम्मान

काठमाडौं । अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरवान्वित गराउने बक्सिङ खेलाडी चन्द्र बहादुर थापालाई सम्मान तथा प्रोत्साहनस्वरूप २५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको छ।

२५औँ वार्षिकोत्सव तथा International Open Friendship Taekwondo Championships (IOFTC) को अवसरमा आयोजित कार्यक्रममा IBA Men’s World Boxing Championship (UAE) मा ऐतिहासिक काँस्य पदक जित्न सफल चन्द्र बहादुर थापालाई उक्त नगद सहयोगसहित सम्मान गरिएको हो।

कार्यक्रममा विभिन्न खेल संघ–संस्थाका पदाधिकारी, प्रशिक्षक, खेलाडी तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आयोजक संस्थाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्नु गौरवको विषय भएको जनाउँदै, यसले आगामी दिनमा खेलाडीको मनोबल अझ उच्च बनाउने विश्वास व्यक्त गरेको छ।

सम्मान ग्रहणपछि चन्द्र बहादुर थापाले आयोजक संस्था तथा सहयोगकर्ताप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा अझ कडा मेहनत गरी देशका लागि थप सफलता दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस किसिमको सम्मान तथा प्रोत्साहनले नेपाली खेलकुद—विशेषतः बक्सिङ खेलको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने खेलकुदकर्मीहरूको धारणा रहेको छ।

प्रतिकृया दिनुहोस्