×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपाले बोलायो आकस्मिक बैठक

रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ । प्रवक्ता मनिष झा अनुसार अहिले दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो । ‘जेनजी प्रदर्शन र त्यसमाथि भएको दमनकै बारेमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने ।

जेनजी प्रदर्शनकारीले संसद भवन घेराउ गरेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।

घाइते भएकाहरूको सिभिललगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको भए पनि अहिले प्रदर्शनकारीले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्