×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

सिरहामा गाडीको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

काठमाडौं । सिरहामा नम्बर नखुलेको गाडीले ठक्कर दिंदा एकजना शस्त्र प्रहरीको  मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिका-१ कचनारी बोर्डर नजिक ठक्करबाट शस्त्र प्रहरीका सई लक्ष्मण यादवको मृत्यु भएको हो ।

टक्करबाट गम्भीर घाइते यादवको आज बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल लहानमा मृत्यु भए सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

गाडी बोर्डर नजिक चेक जाँचका लागि खटिएका यादवलाई ठक्कर दिएर भागेको हो । ठक्कर दिने गाडीको खोजी र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्