×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

चितवन पुगे रवि लामिछाने, स्थलमार्गबाट भैरहवा जादै

चितवन पुगे रवि लामिछाने, स्थलमार्गबाट भैरहवा जादै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवनको भरतपुर पुगेका छन् ।  रिहाइको प्रक्रिया पूरा गर्न रुपन्देही जान लागेका लामिछाने प्रतिकूल मौसमका कारण सिधै उडान हुन नसकेपछि विमानबाट भरतपुर गएका हुन् ।

लामिछाने भरतपुरबाट स्थलगतमार्ग हुँदै केहीबेरअघि गाडीमा रुपन्देही प्रस्थान गरेका छन् ।

बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।

संगठित सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने बिगोबापतको रकम बुझाएर रिहाइ गर्न माग गर्दै  उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए ।

उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । सोहीअनुसार रवि भैरहवा जान लागेका हुन् ।

प्रतिकृया दिनुहोस्