मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले जेनजीले प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था स्थापना गर्ने ऐतिहासिक अवसर गुमाएको आरोप लगाएका छन् । वर्तमान प्रतिनिधि सभाबाटै संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था सुनिश्चित गर्न सकिने अवस्था रहेपनि उक्त प्रक्रियामा नजाँदा प्रत्यक्ष कार्यकारी प्रमुख व्यवस्था स्थापना गर्ने अवसर गुमेको उनले बताए ।
सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष सहयात्रीले प्रतिनिधिसभा विघटनलाई पूर्वशर्त बनाउने अडान राखेर जेनजीले गम्भीर गल्ती गरेको बताए ।
अहिले र तत्काल, यही प्रतिनिधि सभा मार्फत संविधान संशोधन गरेर हुनसक्ने प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्थालाई प्रतिनिधिसभा विघटन पूर्वशर्त भन्ने बचकाना ढिपी गरेर जेनजीले ऐतिहासिक र गम्भीर गल्ती गरेको छ। उनले भनेका छन् ।
यो अडानका कारण अब नेपालमा प्रत्यक्ष कार्यकारी प्रणाली स्थापना हुने सम्भावना निकै कम भएको उनको विश्लेषण छ। सम्भवतः प्रत्यक्ष कार्यकारी प्रणाली नेपालमा हुने सम्भावना निकै कम रहेको उनले बताए ।