×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

सभामुखसहित बसेको सत्ता पक्ष र प्रतिपक्षको बैठक निष्कर्षविहीन

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलहरू आज पनि सहमतिमा पुग्न नसक्दा संसद बैठक सन्चालन अन्योलमा परेको छ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपाका नेताहरुको संयुक्त बैठक बसेको थियो ।

तर गृहमन्त्रीले राजीनामा दिनुपर्ने र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षी दलहरुको मागमा सत्तापक्षका नेताहरु सहमत नभएपछि बैठक निष्कर्षविहीन भएको हो ।

सभामुखसहितको छलफल पछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु छलफलमा छन् । कांग्रेसको नेतृत्व उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रको नेतृत्व वर्षमान पुनले गरेका छन् ।

सत्तापक्षसँगको छलफल अघि प्रतिपक्षी दलहरुको अलग्गै बैठक बसेर रास्वपाले राखेको पाँच बुँदे प्रस्ताव ग्रहण गरेको थियो । साथै सोही प्रस्तावमा सत्ता पक्षलाई पनि मनाउन प्रयास गर्ने निर्णय गरेको थियो ।

रास्वपाको प्रस्तावमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विषयलाई प्रमुखताका साथ उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्