×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

लोसपाको केन्द्रीय समिति विस्तार, आठ जना मनोनीत

लोसपाको केन्द्रीय समिति विस्तार, आठ जना मनोनीत

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय समिति विस्तार गरेका छन् । अध्यक्ष ठाकुरले विभिन्न जिल्लाका आठ जनालाई मनोनीत गरेर केन्द्रीय समिति विस्तार गरेका छन् । अब लोसपाको केन्द्रीय समिति ३५५ सदस्यीय भएको सो पार्टीका महासचिव मनिष मिश्रले बताए ।

मनोनीत हुनेहरूमा सप्तरीका श्याम सरदार, सिरहाका जीवछप्रसाद यादव, धनुषाका सुनिलकुमार यादव, सर्लाहीका जगत महरा, रौतहटका रामप्रवेश दास तत्मा, बाराकी मञ्जु कार्की, कन्चनपुरका भोगादेवी राणा थारु र कास्कीका रवीन्द्र सुनार रहेका छन् ।

लोसपा नेपाल महाधिवेशनको तयारीमा जुटेको छ । वैशाख २६ गते हुने भनिएको पार्टीका पहिलो महाधिवेशनका लागि नेता तथा कार्यकर्तामा त्यसमा जुटेका छन् । सङ्गठन विस्तारका साथै सदस्यता वितरणको अभियानलाई तीव्रता दिएको छ ।

सदस्यता वितरण अभियानको पनि समय थप गरेको छ । जिल्ला तथा पालिका तहमा अधिवेशनका लागि निर्देशिका तयार गर्ने काम पनि भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस्