×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

त्रिविका उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

त्रिविका उपकुलपतिको कार्यकक्षमा नेविसंघको तोडफोड

काठमाडौं । त्रिभुवन विश्वविद्यलयका उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोड भएको छ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले बुधबार केसीको कार्यकक्ष तोडफोड गरेका हुन् । उनीहरूले रेक्टर कार्यालयमा तालाबन्दी पनि गरेका छन् ।

सानोठिमी, भक्तपुर, पाटन र सरस्वती क्याम्पसमा नेविसंघबाट निर्वाचित भएका स्ववियु अध्यक्षहरूले तोडफोड र तालाबन्दी गरेका हुन् ।

उनीहरूले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड र तालाबन्दी गरेको बताइएको छ । त्रिविको शैक्षिक क्यालेण्डर अनुसार स्नातक तहको प्रथम वर्षको परीक्षा असारभित्र गराउनुपर्ने छ ।

सोहीअनुसार त्रिविले परीक्षा फारम खुलाएको थियो । फाराम खुलेपछि विद्यार्थी भर्ना बन्द हुन्छ । तर, नेविसंघका नेता–कार्यकर्ता शैक्षिक क्यालेन्डरविपरीत विद्यार्थी भर्नाका लागि दबाब दिन तोडफोडमा उत्रिएका हुन् ।

यसअघि नेविसंघका विद्यार्थी नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भर्ना खोल्न दबाब दिएका थिए । स्ववियु निर्वाचनका बेला विद्यार्थी भर्ना रोकिएकाले अहिले भर्ना खोल्नु पर्ने उनीहरूको दावी छ ।

प्रतिकृया दिनुहोस्