×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपालको निर्यात व्यापारसम्बन्धी आँकडा नक्कली : प्रधानमन्त्री ओली

नेपालको निर्यात व्यापारसम्बन्धी आँकडा नक्कली : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यात व्यापारसम्बन्धी आँकडा नक्कली भएको बताएका छन् । बिहीबार राजधानीमा भएको चेम्बर एक्पोलाई सम्बोधन गर्दै उनले नेपालको निर्यातलाई वास्तविक निर्यात मान्न नसकिने बताएका हुन् । 

‘हाम्रो जुन व्यापारको आँकडा देखिएको छ, त्यो पनि सही सत्य होइन, त्यो नक्कली आँकडा हो,’ ओली भन्छन्, ‘हामीसँग जुन, जति उत्पादन छैन, त्यो पनि व्यापार देखिएको छ । अर्थात् हामी ल्याउँछौं, बेच्छौं, त्यो पनि छ ।’
 
उनले आफैँले उत्पादन गरेका सामान बिक्री गर्न सके मात्रै त्यसलाई वास्तविक व्यापार मान्न सकिने उनको भनाइ छ ।  नेपालमा बचतकर्ताको संख्या निकै कम मात्रै भएको प्रधानमन्त्री ओली बताउँछन् ।

नखाएर बचाएको पैसालाई बचत बन्न नसकिने भन्दै उनले त्यो जतन गरेर राखेको पैसा मात्रै भएको बताए । हामीले खोजेको अवस्था नखाएर बचाउने नभएको उनको भनाइ छ । उनले चुरोट, बिडी जस्ता हानीकारक वस्तुको खपत घटाएर गरेको बचतलाई मात्रै बचत भन्न सकिने बताए ।

प्रतिकृया दिनुहोस्