काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।