×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सहकारी प्रकरणमा दोषी भए धनराज गुरुङलाई पनि कारबाही होस् : गगन थापा

सहकारी प्रकरणमा दोषी भए धनराज गुरुङलाई पनि कारबाही होस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी प्रकरणमा मुछिएका जुनसुकै पार्टीको जोसुकै व्यक्ति भए पनि कारबाही गर्न सरकारलाई अनुरोध गरेका छन् । उनले दोषी देखिए आफ्नै पार्टीका उपसभापति धनराज गुरुङलाई समेत नछाड्न उनले भने ।

आज राष्ट्र बैंकका कर्मचारीहरुले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘नेपाली कांग्रेसको एकजना नेता, पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो, थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीँबाट अनुरोध गर्छु, बकाइदा अनुसन्धान गर्नुस्, अनुसन्धान गर्नु पनि पर्छ ।’

उनले नेकपा एमालेका नेता ऋषिकेश पोखरेलमागि समेत अनुसन्धान गर्न भने ।

‘ऋषि पोखरेलजीको नाम आयो, गर्नुस् अनुसन्धान । अनुसन्धान गर्नुस् मात्र होइन, यदि गल्ती गर्नु भएको छ भने अभियोजन पनि गर्नुस्, दण्ड पनि गर्नुस्,’ थापाले भने, ‘यो देशमा के स्थापित गर्नुपर्यो भने कोही पनि मानिस, जुनसुकै राजनीतिक दलको होस्, कांग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस्, ठूलो होस्, सानो होस्, शक्तिशाली होस्, पाँचपटक प्रधानमन्त्री बनेको मान्छे होस् कि अहिले भइरहेको प्रधानमन्त्री होस् कि भोलि प्रधानमन्त्री हुने मान्छे होस् कि जोसुकै होस् कानुनभन्दा माथि कोही पनि छैन ।’

न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने कुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्