×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सामन्तवादलाई समाप्त पारेका छौं तर दलाल पुँजीवादलाई छाडा साँढे जस्तो मत्ताइरहेका छौं : विप्लव

सामन्तवादलाई समाप्त पारेका छौं तर दलाल पुँजीवादलाई छाडा साँढे जस्तो मत्ताइरहेका छौं : विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले १३२ औं माओ दिवसको अवसरमा आउँदा दशक नेपाली जनताका विजयका दशक हुने बताएका छन्। माओ दिवसको अवसरमा बिहिबार बिहान एक वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन्।

महासचिव विप्लव सीद्वारा जारी बक्तब्यमा भनिएको छ – ‘हामीले नेपालमा मालेमावादको प्रकासमा सामन्तवादलाई समाप्त पारेका छौं तर दलाल पुँजीवाद छडा साँढे जस्तो मत्ताइरहेको छ । साम्राज्यवादीहरु मुख्यतः अमेरिकी भूमण्डलीकृत साम्राज्यवादले आफ्नो राज कायम गर्न खोज्दैछ । दलाल पुँजीवादी सत्तालाई चिहानमा पुर्न र नेपाली विशेषताको समाजवाद स्थापना गर्न नेपाली श्रमिक जनता एकीकृत जनक्रान्तिमा बढिरहेका छन् । एकीकृत जनक्रान्तिको बाटो हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट आन्दोलन र माओबाट शिक्षा लिदै आफ्नै मौलिकतासहित निर्माण गरेको क्रान्तिको बाटो हो । यो एक दिन अवश्य पनि सफल हुने छ । ‘

बक्तब्यमा अगाडि भनिएको छ :‘प्रिय कमरेडहरु, कम्युनिस्ट, समाजवादी, देशभक्त साथिहरु चिनियाँ क्रान्ति चलिरहँदा माओले भन्नु भएको थियो “हामीले संसारका प्रगतिका तथ्यहरु र हाम्रो अघिको उज्यालो भबिष्यबारे जनतामा बराबर प्रचार गरिरहनुपर्छ जसबाट उनीहरुले विजयमा दरो विश्वास लिनेछन् । यसका साथै हामीले जनता र आफ्ना कमरेडहरुलाई बाटोमा बाङ्गाटिङ्गा घुम्तिहरु हुनेछन भनेर पनि अवश्य भन्नुपर्छ ।” हामीले माओको यो भनाइलाई यतिवेला नेपालमा आत्मसाथ गर्नु पर्छ । हामीले केही विजय हासिल गर्दै आएका छौं तर जनताको सत्ता स्थापना गर्ने लक्ष्य पुरा गर्न पाएका छैनौं । कैयौं मान्छेहरु यसैलाई जनताको सत्ता बताएर आफ्नो स्वार्थ पुरा गर्न खोजिरहेका छन् । जनतालाई यसमा पटक्कै विश्वास छैन । तर अब केही हुँदैन भन्ने प्रचारबाट जनता आजित छन् । हामीले माओले भनेजस्तै जनतालाई विश्वका सफलताका इतिहास बताउन सक्यौं र विजय पाउँन अनेकौं बाङ्गाटिङ्गा मोडहरु पार गर्न तयार हुनुपर्छ भन्ने बुझायौं भने आउँदा दशक नेपाली जनताका विजयका दशक हुनेछन् भन्ने दृढ विश्वास छ ।’

प्रतिकृया दिनुहोस्