×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

खेलकुदमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कार्यकर्ताले देखायो कालो झण्डा

खेलकुदमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कार्यकर्ताले देखायो कालो झण्डा

काठमाडौँ । कांग्रेस नेता तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पार्टी कार्यकर्ताले कालो झण्डा देखाएका छन् । कार्यकर्ताहरूले मन्त्री चौधरीलाई कालो झण्डा देखाउँदै उनको राजीनामाको मागसमेत गरेका छन् । 

 कांग्रेस कार्यकर्ताहरूले ओलम्पिक कमिटीमा विवाद निम्त्याएको भन्दै मन्त्री चौधरीलाई कालो झण्डा देखाएका हुन् ।

अदालतको आदेश तथा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को निर्देशनलाई अवज्ञा गर्दै भएको नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी हुने खेल संघका पदाधिकारीले मन्त्री चौधरीलाई झण्डा देखाएका हुन् ।
 

प्रतिकृया दिनुहोस्