×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

काठमाडौंबाट ओखलढुंगा गइरहेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना, ९ जना घाइते

काठमाडौंबाट ओखलढुंगा गइरहेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना, ९ जना घाइते

काभ्रेपलाञ्चोक । काठमाडौंबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार दिउँसो बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर ९ जना यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खाना खाएर यात्रुहरू चढाउने क्रममा गाडी ब्याक गर्दा दुर्घटना भएको थियो ।

घटनाबारे थप विवरण भने आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्