×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

बैंकहरूको कमजोर वित्तीय विवरणले सेयर बजारमा नकारात्मक प्रभाव

बैंकहरूको कमजोर वित्तीय विवरणले सेयर बजारमा नकारात्मक प्रभाव

काठमाडौं । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण कमजोर देखिँदा त्यसको नकारात्मक प्रभाव सेयर बजारमा परेको छ ।

जसले गर्दा बुधबार सेयर बजारमा सबैभन्दा धेरै बैंकिङ सेक्टर घट्यो र यहीं सेक्टरले बजारलाई झार्‍यो ।  नेप्से परिसूचक २०.४१ अंक अर्थात् ०.७६ प्रतिशत घटेको छ । सो गिरावटपछि नेप्से २६४५ अंकमा कायम भएको छ ।

कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब १७ करोडको कारोबार भएकोमा आज ६ अर्ब २७ करोडको भयो । कुल ७६ कम्पनीको मूल्य बढ्दा १५५ को घट्यो भने १३ को स्थिर रह्यो । नेप्से ०.७६ प्रतिशत घट्दा बैंकिङ सेक्टर सबैभन्दा धेरै १.७० प्रतिशत घट्यो ।

विकास बैंक ०.६५, होटल तथा पर्यटन ०.७५, हाइड्रोपावर ०.५३, लगानी ०.३५, जीवन बीमा ०.७१, उत्पादन ०.३८, माइक्रोफाइनान्स ०.३२, निर्जीवन बीमा ०.४३, अन्य समूह ०.४५ प्रतिशत घटे । ब्यापार ०.२५ र फाइनान्स समूह २.३२ प्रतिशत बढे ।

आईसीएफसी फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । समृद्धि फाइनान्सको ९.९३, मञ्जुश्री फाइनान्सको ६.६७ तथा साहस ऊर्जाको ५.८ प्रतिशत मूल्य बढ्यो । माहुली लघुवित्तको मूल्य ४.२८ प्रतिशत घट्यो । हिमालयन बैंकको ४.०७, सिटिजन्स बैंकको ३.९७, ग्रीन भेन्चरको ३.९३ तथा प्रभु बैंकको ३.८८ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आईसीएफसी फाइनान्स, कुमारी बैंक, साहस ऊर्जा, समृद्धि फाइनान्स र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

प्रतिकृया दिनुहोस्