×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

कार्यसूचीमै प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सोमबार बसेको दोश्रो बैठकमा पनि नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।

दोश्रो बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख डोल प्रसाद अर्यालले कानून निर्माण गर्ने महत्त्वपूर्ण थलोमा रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे ।

उनले आजका लागि तय भएको सबै कार्यसूची हटाइएको घोषणा गरे ।

त्यस लगत्तै संसद् बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन समिति गठन भएको जानकारी गराए र, बैठक स्थगित भएको जानकारी गराए ।

प्रतिकृया दिनुहोस्