×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाका सबै कमिटीमा ६० प्रतिशत युवा सहभागिता खोज्दै पेरिसडाँडामा अनसन

नेकपाका सबै कमिटीमा ६० प्रतिशत युवा सहभागिता खोज्दै पेरिसडाँडामा अनसन

काठमाडौं । पार्टी कमिटीहरूमा ६० प्रतिशित युवा सहभागिता हुनुपर्ने माग राखेर नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा एक युवा अनसन बसेका छन् । नेकपाको केन्द्रीय कार्य संयोजनदेखि सेल कमिटीसम्म ४० वर्ष मुनिका युवाहरूलाई ६० प्रतिशत सहभागिता गराउनुपर्ने माग राखेर भुवन सिंह विष्ट अनसन बसेका हुन् ।

विस्ट भन्छन्, ‘मुखले युवा ल्याउनुपर्छ भन्ने तर व्यवहार त्यस्तो नभएपछि मैले पार्टीको ध्यानाकषण गराएको हुँ ।’ उनी तीन दिनदेखि अनसनमा छन् । पार्टीको विशेष महाधिवेशनको मिति सार्वजनिक गरी ३ महिनाभित्र महाधिवेशनका कार्यक्रमहरु सम्पन्न गरियोस् भन्ने उनको अर्को माग छ ।

केन्द्रीय पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिनुपर्ने, प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्ष मुनिका युवाहरुलाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रुपमा स्वीकार गरिनुपर्ने माग राखेका छन्

साथै, पार्टीका सम्पूर्ण पदाधिकारीहरुको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गर्न पनि उनको माग छ ।

प्रतिकृया दिनुहोस्