काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । हिजो तोलामा १७ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ११ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला दुई हजार ५ रुपैयाँमा कारोबार भैरहेको छ ।