×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समृद्ध नेपाल, सुखी नेपाली नै मेरो ठूलो सपना : प्रधानमन्त्री ओली

समृद्ध नेपाल, सुखी नेपाली नै मेरो ठूलो सपना : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपाली नै आफ्ने ठूलो सपना भएको बताएका छन् ।

श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्ड स्कुुलले सोमबार गरेको ‘युवा अन्तरक्रिया कार्यक्रम’ मा नेपालको भलाइका लागि तपाईंले देखेको सबैभन्दा ठूलो सपना के हो ? भन्ने विद्यार्थीहरूको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।

सबैले आत्मविश्वासका साथ काम गरेमा अब नेपाल पछाडी पर्नुपर्ने कुनै कारण नभएको उनले बताए । विकासका पूर्वाधार बनाएर तथा आधुुनिक गुणस्तरीय शिक्षा दिएर युवाहरूलाई विश्व बजारको प्रतिस्पर्धी बनाउने उनले संकल्प व्यक्त गरे ।

‘विदेशमा गएर नेपाली युुवाले अरुका देश बनाएका छन् । एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ,’ उनले भने, ‘देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झण्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुुपर्छ ।’
 

प्रतिकृया दिनुहोस्