जनआस्था कार्यालयमा प्रहरीको खानतलासी जनआस्था कार्यालयमा प्रहरीको खानतलासी
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनआस्था कार्यालयमा खानतलासी समेत गरेको छ । आज बिहानै प्रहरीको एक टोली सानेपास्थित जनआस्था कार्यालयमा पुगेर खानतलासी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले कम्प्युटर र कम्प्युटरजन्य डिभाइस हेर्नुपर्ने भएकाले खानतलासी गरेको बताए ।

आज बिहान सातै बजे प्रहरी टोली पुगेको थियो । चार–पाँच जना प्रहरीहरु कार्यालयभित्र र अरु बाहिर बसेका थिए । भित्र पसेका प्रहरीहरुले कागजपत्र र कार्यालयका विभिन्न इलेक्ट्रोनिक डिभाइस संकलन गरेको एक पत्रकारले बताए ।

पत्रकार किशोर श्रेष्ठलाई गएराति प्रहरीले पक्राउ गरेको थियो । उनलाई पक्राउ गरेको विरोधमा नेपाल पत्रकार महासंघले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

महासंघका अध्यक्ष निर्मला शर्मासहित पत्रकार तथा सञ्चारकर्मीहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएका हुन्।

प्रहरीले पत्रकार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्