×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादीको स्थायी समिति बैठक बिहीबार बस्दै, के–के छन् एजेन्डा ?

माओवादीको स्थायी समिति बैठक बिहीबार बस्दै, के–के छन् एजेन्डा ?

काठमाडौँ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय पेसिरडाँडामा दिउँसो ३ बजे बैठक बस्ने सचिव चक्रपाणि खनालले जानकारी दिए ।

यसअघि मङ्सिर २० गते बसेको पदाधिकारी बैठकले एजेन्डामाथि थप छलफल गर्न स्थायी समिति बैठक बोलाएको थियो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक दस्ताबेज, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको जिम्मेवारी लगायत विषयमा छलफल हुने सचिव खनालले बताए । 

‘अध्यक्षले केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक दस्ताबेज, बैठकको तयारी, पासाङजीलाई जिम्मेवारी लगायत विषयमा छलफल हुनेछ’, उनले भने । 

साथै पार्टी एकता, विधान कार्यदलले तयार गरेको प्रतिवेदन सम्बन्धमा समेत छलफल हुने उनले जानकारी दिए । माओवादीको केन्द्रीय समिति बैठक पुस २ देखि ७ गतेसम्म बोलाइएको छ ।

प्रतिकृया दिनुहोस्