×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डसँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेट

प्रचण्डसँग भाजपा विदेश विभाग प्रमुख चौथाइवालेको भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

ललितपुरको खुमलटारस्थित प्रचण्डनिवासमा भएको भेटवार्तामा दुई देशको सम्बन्ध, दुई देशबीचको द्विपक्षीय हित तथा दुई पार्टीहरूबीचका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चौथाइवाले तीन दिने नेपाल भ्रमणका लागि बुधबार काठमाडौं उत्रिएका हुन् । उनले यसबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकलगायतसँग भेटवार्ता गरिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले औपचारिक भ्रमणको निम्तो नदिइरहेका बेला चौथाइवालेको नेपाल आगमनलाई चासोका साथ हेरिएको छ ।
 

प्रतिकृया दिनुहोस्