×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुन्छ : माधव नेपाल

वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको आधारमा लुट्न खोज्नेहरूको हातमा देश पुगे बर्बाद हुने बताएका छन् ।

समाजवादी मोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लुट्ने इतिहास बोकेकाहरूको हातमा देश जान नहुने बताए ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नेपालले वंशको आधारमा देश चलाउँछु भन्नेहरूले देशलाई लुट्न मात्रै जानेको बताए । ‘अब यो वंशको शासनको कुरा छाडिदिनुस् । तिनीहरूले न त्याग, तपस्या र बलिदान गरेका छन् । देशलाई लुट्न मात्रै जानेका छन् । लुट्ने इतिहास बोकेकाहरूको हातमा देशलाई लगेर बर्बाद पार्ने होइन,’ उनले भने ।

जनतामा असन्तुष्टि बढेको र पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कने क्रममा त्यो सकडमा प्रकट भएको भन्ने प्रश्नको जवाफमा उनले व्यवस्था बदलिनु पर्ने तर पुरानोतिर फर्कने नभई अग्रगमनतिर जानु पर्ने विचार व्यक्त गरे ।

‘अहिले व्यवस्था बदलिनुपर्छ भन्ने कुरा आइरहेको छ । अवश्य पनि पुँजीवादी व्यवस्था बदलिनुपर्छ, तर सामान्तवादी व्यवस्थामा जाने होइन । दलाल र पुँजीवादीको वर्चस्व रहेको व्यवस्था, जो वंशको आधारमा पहिले १०४ वर्षसम्म, २४० वर्षसम्म शासन सञ्चालन गरेर बसेकाहरू पछि सत्ताको दुरुपयोग गरेर बसेकाहरूबाट अब मुक्ति चाहियो,’ अध्यक्ष नेपालले भने, ‘व्यवस्था बदल्न चाहनेहरू अब प्रतिगमनतिर होइन, अग्रगमनतिर आउनुस् ।’

प्रतिकृया दिनुहोस्