काठमाडौं । विपक्षी दलहरूले महँगी बढेको भन्दै सुपथ मूल्य पसल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । आज (बिहीबार) नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेता प्रेमप्रसाद दंगालको अध्यतामा बसेको विपक्षी दलको बैठकले महँगी नियन्त्रण गर्न माग गरेको हो ।
‘दैनिक उपभोग्य बस्तुहरु दाल, चामल, तरकारी, फलफूल, मरमसला, तेलसमेत भान्सामा प्रयोग हुने अन्य खाद्य सामाग्रीहरुको चरम मूल्य बृद्धि भएको छ । महँगीले आकाश छोएको छ,’ बैठकको निर्णयमा भनिएको छ,’त्यसैले तत्काल महंगी र कालाबजारी नियन्त्रण गरी गरिब, मजदुर, किसान र सिमान्तकृत समुदायका लागि सार्वजनिक वितरण प्रणाली स्थापना गरी सुपथमूल्यका पसलहरु संचालन गर्न माग गर्दछौं ।’
बैठकमा एमालेका दंगालसहित कांग्रेस संसदीय दलको प्रमुख सचेतक वासना थापा, नेकपाका प्रमुख सचेतक युवराज दुलाललगायत सहभागी थिए ।