काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भैरहेको छ ।