×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी

काठमाडौं । राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा अर्को उजुरी परेको छ । ब्यूरोका डीआईजी नवीन्द अर्यालका अनुसार अधिकारकर्मी टिकाराम भुसालले उजुरी दिएका हुन् । उनले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित भ्रामक र झुटो विवरण प्रस्तुत गरेको दाबी गरिएको छ ।

यसअघि यही विषयमा सुनिलबाबु पन्तले समेत उजुरी दिएका थिए । मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले प्रसाईंविरुद्ध उजुरी दिएका थिए । प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएको उजुरीमा उल्लेख गरिएको थियो ।

प्रसाईंकै कमान्डमा भएको राजावादीहरूको प्रदर्शनमा तोडफोड र आगजनी भएर दुई जनाको मृत्यु समेत भएपछि प्रासाईं भने फरार छन् ।

प्रतिकृया दिनुहोस्