×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपा सांसदहरु निलो रिबन लगाएर संसद पुगे

रास्वपा सांसदहरु निलो रिबन लगाएर संसद पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आज ‘निलो रिबन’ लगाएर संसद भवन पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गरिरहेका उनीहरु आज निलो रिबन लगाएर गएका हुन् ।

रास्वपाको पार्टीको रङ पनि निलो नै हो । र, रास्वपाले निलो क्रान्तिको वकालत गर्दै आएको छ ।

आजको ‘निलो रिबन’को प्रतीकलाई रास्वपाले मानव तस्करीविरुद्धको विश्वव्यापी अभियानको रुपमा व्याख्या गरेको छ । ‘मानव तस्करीविरुद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’को प्रतीकले जनाउँछ’, रास्वपाका सांसद मनिष झाले भने ।

रास्वपाले विरोध जनाए पनि आइतबार र सोमबार सभामुख देवराज घिमिरेले संसदको कारबाही अघि बढाएका थिए । आज पनि संसद नियमित जस्तै अघि बढाउने तयारी गरिएको छ ।

सभामुख आज पनि छलफलमै भएकोले १ बजेका लागि तय भएको संसद बैठक भने अझै सुरु भएको छैन ।

प्रतिकृया दिनुहोस्