×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सिन्धुपाल्चोकमा ठूलो परिमाणमा भेप बरामद

सिन्धुपाल्चोकमा ठूलो परिमाणमा भेप बरामद

काठमाडौं । सिन्धुपाल्चोक प्रहरीले ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । गएराति चीनको तातोपानी नाका हुँदै भित्रिएको गाडीबाट ७४० पिस भेप बरामद भएको हो ।

बाह्रबिसे प्रहरी एरिया अन्तर्गतको खुर्सानीबारी अस्थायी प्रहरी पोष्टले गएराति गाडी चेकजाँचको क्रममा भेप बरामद गरेको हो । ‘साना–ठूला बट्टामा प्याकिङ गरेको अवस्थामा ७४० पिस भेप छ, तर सिल लगाइएकाले हामीले खोल्न मिल्दैन’ प्रहरी स्रोतले भन्यो ।

उक्त भेपलाई राजश्व कार्यालयको जिम्मा लगाइने सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । नेपालमा भेपको कारोबार बर्जित छ ।

प्रतिकृया दिनुहोस्