×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादीले पहिलो पटक मनाउँदै पुष्पलाल स्मृति दिवस

माओवादीले पहिलो पटक मनाउँदै पुष्पलाल स्मृति दिवस

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस मनाउने भएको छ । असार २६ गते बसेको माओवादीको पदाधिकारी बैठकले साउन ७ गते पुष्पलालको ४७ औँ पुष्पलालको स्मृति दिवस मनाउने निर्णय गरेको थियो । 

पार्टीको निर्णय अनुसार भोलि दिउँसो १ः ३० बजे भृकुटीमण्डपमा समाजवादी मोर्चा र पुष्ललाल स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा विचार गोष्ठी गर्न लागेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए । 

कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्डसहित समाजवादी मोर्चाका नेताहरू माधव नेपाल, विप्लव र महिन्द्र राय यादव लगायत नेताहरूले सम्बोधन गर्नेछन् । पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो । यसअघि एमाले र नेकपा एकीकृत समाजवादी लगायत दलहरूले मात्र स्मृति दिवस मनाउने गरेको थियो ।

प्रतिकृया दिनुहोस्