काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ हजार ८ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।