काठमाडौँ । काठमाडौँको धोविचौरस्थित पव्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख र प्रमुख निर्वाचन अधिकृत सम्पर्कविहीन भएका छन् । उनीहरू सम्पर्कविहीन भएपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अवरुद्ध भएको छ ।
क्याम्पसमा असामान्य स्थिति पैदा भएको उल्लेख गर्दै मनोनयन दर्तापछिका सबै प्रक्रिया स्थगित भएको हो । क्याम्पसले जारी गरेको सूचनामा अर्को सूचना नभएसम्मका लागि सबै प्रक्रिया स्थगित भएको उल्लेख छ ।
त्रिविको निर्णयअनुसार चैत ५ गते देशभरका क्याम्पसमा निर्वाचन सम्पन्न हुने कार्यतालिका छ । पब्लिक युथमा मतदाता नामावलीबारे विवाद रहँदै आएको छ ।
यसबाहेक काठमाडौँकै शंकरदेव, विश्वभाषा, नेपाल ल, आयुर्वेद र सरस्वती क्याम्पसको निर्वाचन प्रक्रिया पनि अवरुद्ध भएको प्राध्यापक संघका सभापति जगत तिमल्सिनाले जानकारी दिए ।