काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १८०० रुपैयाँ बढेर प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १ सय रुपैयाँ बढेर प्रतितोला ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।